२०७९ जेष्ठ ७ शनिबार

गाई काटेर खानु हाम्रो अधिकार हो, अपराध होइन (सहि वा गलत) सक्दो सियर गर्नुहोस्

काठमाडौं;

विभेदकारी कानुन खारेजी संघर्ष समितिले धर्मनिरपेक्षताका नाममा विभेद लादेको भन्दै विरोध प्रदर्शन गरेको छ । बुधबार संघर्ष समितिले माइतिघरमा आमा मान्नेले दुध मात्रै खालान् हामी गाईको मासु पनि खान्छौँ लगायतका प्लेकार्डसहित विभेदकारी कानुन खारेजीको माग गर्दै प्रदर्शन गरेकाे हाे ।

हाम्रो बुबुबाजेले खाए हाम्रा बाउ बाजे खाए त्यसपछि उनीहरु र हामीलाई जेल हाल्ने कानुन बनाए गाई काट्यो भन्दैमा जेल हाल्छ गोरु काट्यो भन्दैमा जेल हाल्छ जतीय विभेद उही गर्छ तर सदभाव हामीले विगार्यौँ भन्छ लगायतका प्लेकार्डसहितका नाराहरु प्रदर्शकारीहरुले लगाएका थिए यसैगरी नेपाल हिन्दू राष्ट्र नभई

धर्मनिरपेक्ष राष्ट्र भएको पनि प्रदर्शनकारीले प्लेकार्डमाफर्त विरोध प्रदर्शन गरेका छन् । तिम्रो कानुनको हतकडी किन ? यो देश धर्मनिरपेक्ष देश हो हिन्दराष्ट्र होइन । गाई काटेर खानु हाम्रो अधिकार होअपराध होइन । संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ,धर्मनिरपेक्षता (षड्यन्त्रपूर्ण सनातनी धर्म रक्षाको नाममा)को धज्जी उडाउँदै यो

विभेदकारी सत्ताले आज पनि आदिवासी-जनजाति दलित मुस्लिम र सीमान्तीकृत उत्पीडित समुदायमाथि पटक–पटक विभेदकारी कानुन लादेर जेलनेल धरपकड हत्या र बर्बर दमन जारी छ । आदिवासी-जनजाति दलित मुस्लिम आदि समुदायले मासु–जन्य आहारको रूपमा उपभोग गर्दै आएको गाईलाई कथित ‘राष्ट्रिय जनावर’को गलत तर्क

पेश गर्दै गाई गोरुको बध गरेमा अपराध करार गर्दै मुलुकी अपराध (संहिता) ऐन २०७४ भाग २ परिच्छेद–२७ अनुसार गाईगोरु बध गरेमा तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ । उक्त दण्ड सजायको व्यवस्थाले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानव अधिकार र मौलिक हकको हत्या

गरेको छ भनेर जारी विज्ञप्तिमा भनिएको छ । संघर्ष समितिका अगुवा मुक्तान थेबाले पहिलो चरणको आन्दोलन भएको बताउँदै विभेदकारी कानुन खारेजी नगरेसम्म निरन्तर आन्दोलन गर्ने बताए । उनले आन्दोलनको स्वरुप परिवर्तन हुँदै जाने र केही समयमा नै आन्दोलन देशभर हुने जानकारी दिए ।

संघर्ष समितिले राज्यका विभेदकारी कानुन दण्ड-सजाय र दमन विरुद्ध सशक्त प्रतिवाद र प्रतिरोध आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी जनसमुदायमा अनुरोध समेत गरेको छ

२०७८ आश्विन २१, बिहीबार प्रकाशित 1 Minute 327 Views

ताजा समाचार