२०७९ जेष्ठ ७ शनिबार

भारतका लागि शर्मा, अमेरिकाका लागि खत्री र बेलायतका लागि आचार्य राजदूत सिफारिस गर्‍यो

काठमाडौं;

सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई

राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए । शर्मा अमेरिकाका लागि र पूर्वराजदूत हुन् भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि

न्यूर्योक स्थित नियोग प्रमुख थिए। प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक थिए।

यो पनि पढनुहोस् सवारी साधनको लाइसेन्सका लागि आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ । याता यात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो ।

अत्याधिक चाप पर्दा सर्भरमा समस्य आयो, केही बेरपछि यो समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन्’ विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले भने ।विभागले यसबारे वेबसाइटमा

समेत सूचना राखेको छ। वेबसाइटमा राखिएको सूचनामा प्रणालीमा प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन लिने कार्य बन्द गरिएको

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित 0 Minutes 515 Views

ताजा समाचार