
काठमाडौं;
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेरि एकपटक कडा आलोचना गरेका छन्। नेकपा हुँदा ओलीसँगै अध्यक्ष बनेका प्रचण्डले ओलीजत्तिको झुट बोल्न सक्ने नेता नेपालमा सायद अरू
नभएको भनेर टिप्पणी गरेका हुन्। सहिद सूर्यनाथ यादवको ३६औं स्मृति दिवसका अवसरमा सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले ओलीको आलोचना गरेका हुन्।
आफ्नो माओवादी केन्द्र पनि बिस्तारै एमालेकरण हुन लागेको दोहोर्याउँदै प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन्हा म्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो एमाले जस्तो जस्तो झुटमुट बेइमानी जालझेल ठगठाग भ्रष्टाचार पद
जसरी पनि प्राप्त गर्ने गुटैगुट एमाले भन्या त्यही हो प्रचण्डले भने केपी ओली छन् नि झुट बोल्न त्यत्तिको सिपालु मानिस सायद नेपालमा अरू छैन। यस्तै एमाले अध्यक्ष ओली धोकाचाहिँ आफूले दिने तर अरूलाई धोकेवाजको आरोप
लगाउने प्रवृत्तिको मान्छे भएको आरोप पनि प्रचण्डले लगाएका छन्। धाेकाचाहिँ आफू दिने धोकैधोकाको छ तिनको जीवन, तर बडो सजिलैसँग अरूलाई धोकेवाज भन्छन्‘प्रचण्डले भने,
हाे त्यस्तो खालको, पद प्रतिष्ठाका लागि सिद्धान्त, विचार निष्ठा भन्ने कुराचाहिँ पोलेर खान एकछिन पनि गाह्रो नमान्ने मान्छेको जमात रहेछ त्यहाँ।’