
काठमाडौं;
एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै
पार्टी निर्णयमा पुग्ने बताएका हुन् । एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने,
‘यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन ओलीले आफ्ना सांसदहरुलाई निर्देशन समेत
दिए । ‘यो त अहिले धेरै डिवेटेवल छ यस्तो प्रश्नमा अहिले हतारिनु पर्दैन’ ओलीको भनाइ छ । सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम
जनताको हितका विरुद्ध एमालेले निर्णय गर्न नसक्ने पनि बताए । हामी नेपाली जनता रुष्ट हुन्छन् भने हामी त्यसमा अघि बढ्दैन’ ओलीको भनाइ छ ।