२०७९ जेष्ठ ७ शनिबार

नबुझने गवाँरहरुले एमसीसीलाई राष्ट्रघाती भनेः हेर्दै जानुहोला नेपालमा एमसीसी आएपछि पैसाको खोलो बग्छ, पूर्ब अर्थमन्त्री (भिडियो सहित)

काठमाडौं;

पूर्बमन्त्री एवम नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी सम्भौता देशको हित र देश निर्माणमा भएकाले कसैले शकां गर्ने ठाउँ नरहेको बताएका छन । हिमालय टिभीमा एक कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन । केही

मानिसहरुले एमसीसी जस्तो पवित्र र देश हितमा रहेको सम्झौतालाई बुझन नसकेर बिरोध गरिरहेको बताएका छन ।
केही मानिसहरुले जमात जम्मा पारेर वास्तबिक कुरा नबुझी हल्लाको भरमा एमसीसी जस्तो पवित्र र देशहितको सम्झौतालाई

गलत बनाउन लागिपरेको समेत बताएका छन । एमसीसीलाई रोड एण्ड बेल्ट इीनसिएटिभ सँग तुलना गरेर जनतामा भ्रम छरेको पनि स्पष्ट पारे । एमसीसी सम्भौता बारे किन बिज्ञापन बजाउनुभयो भन्ने प्रश्नमा आफुलाइृ बिज्ञापन बारे थाहा नभएको

बताएका छन । एमसीसीले देशमा बिधुत सबमिसन लाइन बन्ने, रोजगारी सिर्जना हुने भएकाले यो सम्भौता जुनसुकै हालतमा पास गर्नुपर्ने बताए । मगोंलिया र इन्डोनेसियाको उदाहरण दिइ एमसीसीले देशको स्वाधिनतामा प्रतिकुल असर नपर्ने र केही

बेरोजगारहरुले भ्रम फैलाएको उनले बताए । एमसीसी सम्झौता देश हितमा रहेको स्मरण गराउदै देशकै जनताका लागी पैसाको खोलो बग्ने पनि अन्तरर्वार्ताका क्रममा स्मरण गराएका छन ।

२०७८ भाद्र २३, बुधबार प्रकाशित 0 Minutes 924 Views

ताजा समाचार