२०७९ जेष्ठ ७ शनिबार

(विचार)कांग्रेस-माओवादी सहकार्य टिक्दैन, जनताको मत जित्ने एमाले नै हो (सहि वा गलत)

काठमाडौं;

पहिलो कुरा नेकपा एमालेको पृष्ठभूमितिर फर्कनुपर्छ, २०१५ सालमा जम्मा ४ सिटमात्रै जितेको हो कम्युनिस्टले । ४ सिटमा सिमित रहेको पार्टीले विभिन्न लक्ष्य, उद्देश्यका साथ हिँड्दा अहिले यहाँसम्म आइपुगेको छ । अहिले नेकपा एमालेसँँग भएको १२१ सिट हो । माओवादी केन्द्रको ५३ सिट गरेर

हामीले ०७४ साल फागुन ३ गते कम्फर्टेबल मेजोरिटिको सरकार बनाएका थियौं । त्यसमा उपेन्द्र यादवको पार्टी अलग थियो, त्यसलाई समेत ल्याएर दुईतिहाइ बनाइएको हो । यस्तो निर्वाचन प्रणालीमा बहुमत आउनु पनि ठूलै उपलब्धि थियो । किनभने, समानुपातिक अनिवार्य छ, समानुपातिकको एउटा

निश्चित पद्धति छ भने समावेशीसहित हुनुपर्यो । त्यसकारण यो प्रत्यक्ष निर्वाचन प्रणाली होइन । यसमा प्रत्यक्ष र समानुपातिक छ । यस्तोमा पनि लोकप्रिय मतका साथ हामी आएका थियौं । हाम्रो हतारो के रह्यो भने, दुईवटा कम्युनिस्ट स्कुलिङबाट आएका नेकपा माओवादी केन्द्र र एमालेबीच भिन्न शैली, भिन्न

प्रवृत्ति र सोच नै भिन्न थियो । डेमोक्रेटिक प्रक्रियाबाट आएको एमाले र कब्जावादी तथा अधिनायकवादी चिन्तनका साथ आएको माओवादी । निर्वाचनको माध्यमबाट शान्तिपूर्ण प्रक्रियामा जाने भएपछि एउटा उद्देश्य त मिल्यो, तर ‘स्कुल अफ थट’ र शैली, प्रवृत्ति फरक थियो । संगठनात्मक प्रवृत्तिमा पनि

आदेशात्मक र कुनै डेमोक्रेटिक भयो । अर्कोतिर जनतामाझ उत्तरदायित्व बहन गर्दै वा वडा सदस्य वडा अध्यक्ष गाउँ विकास समिति अध्यक्ष वा प्रधानपञ्च अथवा मेयर हुँदै जनतासँग हामी जोडियौँ । जनताको पानी कुलो बाटो सिँचाइ स्कुल नागरिकता राहदानी बिरामी

सञ्चोबिसञ्चोजस्ता कुराहरुमा हामी प्रत्यक्ष जोडियौँ त्यसकारण हामी डेमोक्रेटिक बन्दै आयौं । उता, माओवादी भने सोझै गिरिजाबाबुले ८७ सिट दिनुभयो । माथिबाटै सत्ता कब्जा गर्न सकिन्छ भन्ने चिन्तनका साथ आउँदाखेरी दम्भ र अहंकारले ०६४ सालमा जित्यो । जितेपछि अब २५ वर्ष वा ५० वर्ष

शासन गर्न सक्छु भन्ने दाबी गर्न थाले । केही दिन अघिमात्रै मैले एउटा टेलिभिजनमा प्रचण्डजीले भनेको सुनेको थिएँ हामीले एकीकरण गरेर कम्युनिस्ट पार्टी बनाएको ५० वर्ष शासन गर्न हो नि यो अहिले पनि प्रकट भयो । तर एमाले त्यस्तो होइन । हामी निर्वाचित भए सत्तामा र नभए प्रतिपक्षमा बसेर पनि

जनताको सुरक्षा गर्ने जनताको जीवनसँग जोडिने नीतिका साथ आएका हौं । त्यसकारण हाम्रो विचार शैली र दृष्टिकोण पनि आधारभूत रुपमा भिन्न रह्यो । यी भिन्नताहरुलाई कम गरेर एकले अर्कोलाई बुझेर उद्देश्य पनि फरक गरेर एकैठाउँमा

उभिएर समाजवादको यात्रामा जान उपयुक्त हुन्थ्यो तर हामीले निकै दुस्साहसका साथ पार्टी एकीकरण गर्यौं । त्यसपछि यता पार्टी कमिटीहरु नियमित भएनन् भद्दा भए पार्टी सञ्चालन पनि भएन सरकारमा पनि भागबण्डाको कुरा मात्र

भए । समाजवादको आधार कसरी निर्माण गर्ने भन्ने पनि भएन । यो दुर्घटना हुनु नै थियो तर कम क्षतिका साथ हामी अवतरण गरेका छौं अहिले । त्यसकारण हामी उठ्न सक्छौं । फरक धार बाट

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित 0 Minutes 365 Views

ताजा समाचार