२०७९ जेष्ठ ७ शनिबार

नेकपा समाजवादी पार्टीमा भ्रष्टचारीले साधारण सदस्य समेत बन्न नपाउने

काठमाडौं;

एकीकृत समाजवादी पार्टी को साधारण सदस्य बन्न १८ वर्ष पुगेको हुनेपर्ने भएको छ।पार्टीले तयार गरेको अन्तरिम विधानमा १८ वर्ष पुरा भएका नेपाली नागरिकमात्रै साधारण सदस्य बन्न पाउने उल्लेख गरिएको छ।

अन्तरिम विधानमा भ्रष्टाचार, जबरजस्तीकरणी मानव बेचबिखन तथा ओसार पसार लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण।

अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएकालाई साधारण सदस्य बनाइने कुरा उल्लेख गरिएको छ ।

यसैगरी सरकारी कर्मचारीलाई पनि सदस्य बनाउने नीति नयाँ पार्टीले लिएको छ भने नैतिक र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको पार्टीको विधान र नियमावली मान्न तयार।

जिम्मेवारी पुरा गर्न तत्परलाई सदस्यता प्रदान गरिनेछ उत्पादनमुलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रुपान्तरणमा क्रियाशील हुन तत्परका साथै समाजमा रहेका।

अवैज्ञानिक धारणा तथा अन्धविश्वासबाट सिर्जित समस्या हटाउन तत्क व्यक्तिलाई साधारण सदस्य बनाइने विधानमा उल्लेख छ

२०७८ भाद्र ८, मंगलवार प्रकाशित 0 Minutes 296 Views

ताजा समाचार