२०७९ जेष्ठ ७ शनिबार

विद्युतका हाकिम घिसिङले हितेन्द्रदेवलाई दिए हाइभोल्टेजको झड्का, एक्कासी लिए कडा एक्सन !

काठमाडौं:

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले हितेन्द्रदेव शाक्यले गरेका निर्णय उल्टाउन थालेका छन् । हितेन्द्रदेव आएपछि चुहावट र झ्याप झ्याप बत्ती जान थालेपछि कुलमानले एक्सन लिएका हुन् । विद्युतमा पुनः नियुक्त भएपछि कुलमानले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।
घिसिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको

निर्देशकमा राजन ढकाललाई जिम्मेवारी दिएका छन् । प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहेका ढकाललाई त्यहाँ लगिएको हो । त्यहाँ रहेका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४00 केभीको प्रमुख ल्याइएको छ ।

प्रदेश २ प्रादेशिक कार्यालय जनकपुरको प्रमुखमा मुनिन्द्र ठाकुरलाई लगिएको छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुख रहेका ठाकुरलाई सबैभन्दा बढी विद्युत चुहावट भएको प्रदेश नं २ मा लगिएको हो । यसअघिको व्यवस्थापनले त्यहाँ

मेकानिकल इन्जिनियरलाई पठाएको भन्दै आलोचना भएको थियो । जनकपुर कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीलाई प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । चौधरी प्राधिकरणभित्र विद्युतगृहहरु सञ्चालनमा अब्बल मानिन्छन् । एसियाली विकास बैंकबाट लगानी भएका आयोजना कार्यान्वयन

गर्ने आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका नवराज ओझालाई लुम्बिनी प्रादेशिक कार्यालय बटुवलमा लगिएको छ । आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ । त्यहाँ रहेका श्रीराम पोखरेललाई ऊर्जा दक्षता

तथा चुहावट नियन्त्रण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । विद्युत चुहावट नियन्त्रण महाशाखमा रहेका जंगबहादुर चन्दलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको प्रमुखमा लगिएको छ । त्यहाँ रहेका जगदिशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा ल्याइएको छ ।

आफ्नो कामको नतिजा देखिने र जनताले महसुस गर्ने वितरण तथा ग्राहक सेवाको सुधारमा लाग्नुभएको छ घिसिङको टिमका एक कर्मचारीले भने यसका लागि एक हप्ताभित्रमा सबै शाखा प्रमुखहरुमा नयाँ टिम बनाउने योजना

रहेको छ । घिसिङले अब सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गरेका छन् ।

२०७८ भाद्र ६, आईतवार प्रकाशित 0 Minutes 1235 Views

ताजा समाचार