२०७९ जेष्ठ ९ सोमबार

अबको चुनाव एमालेको हो, अरुले छेउमा बसेर टुलु टुलु हेरे हुन्छ : केपि ओली

काठमाडौं:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनाव नेकपा एमालेको हुने र बाँकी छेउमा बसेर हेरे हुने बताएका छन् । एमाले भक्तपुर जिल्ला संगठन समितिले बिहिबार

आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। सबैले सुन्ने गरी भनिदिन्छु अबको चुनाव एमालेको चुनाव हो अरुले छेउमा बसेर हेरे हुन्छ उनले भने ।

ओलीले यसअघि एमाले नफुटेको बरु केही चोइटिएको गएको प्रतिक्रिया दिएका थिए । उनले एमालेले चोइटिएर गएरका १४ जना सांसदलाई कारबाही गरिसकेको बताउँदै

तत्काल सूचना टास गर्न सभामुखलाई चेतावनीसमेत दिएका थिए । प्रतिक्रियावादी शक्तिले सोचेका थिए एमालेलाई ध्वस्त र कमजोर तथा खत्तम पार्न सकिन्छ भन्ने सोचेका थिए। तर

एमाले कर्कलाको पातको पानीजस्तो होइन हावा चल्नेवित्तिकै झरोस् ओलीले भने । एमाले कमजोर नाजुक शक्ति नभएको ओलीको भनाई छ ।

ओली र नेपालबीच सुरुवाती सम्बन्ध माधवकुमार नेपाल बिराटनगरको रानीस्थित एउटा बैंकमा लेखापाल हुनुहुन्थ्यो । वीरगञ्जमा कलेज पढ्दादेखि नै उहाँ वाम समर्थक हुनुहुँदोरहेछ

। पछि बैंकको कर्मचारी हुँदा पनि उहाँमा अलिअलि राजनीतिक चासो भइरहेका कारण राजनीति वरिपरिका वाम समर्थकसँग उहाँको सम्पर्क रहेछ । त्यही क्रममा हामी झापालीहरुको सम्पर्क माधव नेपालजीसँग भयो ।

२०२९ सालतिर ओलीजी र माधवजीको पहिलो भेट भयो । त्यतिबेला माधवजी बैंकको कर्मचारी र ओलीजी कम्युनिस्टको भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । त्यही चिनजान बाक्लिँदै गएपछि ओलीजी झण्डै १५÷२० दिन माधवजीको घरमा भूमिगत पनि बस्नुभयो ।

त्यसपछि ओलीजी भारततिर जानुभयो । नैनीताल पुगेर नेपाल फर्किँदै गर्दा २०३० सालमा ओलीजी गिरफ्तार हुनुभयो । गिरफ्तार हुनुअघि ओलीजीलाई माधवजीले नै बसोबासको व्यवस्था मिलाउनुभएको थियो । रौतहटको गेष्ट हाउसबाट ओलीजी गिरफ्तार पर्नुभयो ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 0 Minutes 345 Views

ताजा समाचार