२०७९ जेष्ठ ७ शनिबार

अफगानिस्तानको हालत के भयो? हामी पनि MCC MCC भनेर बुरुक बुरुक नउफ्रिउँः यज्ञराज सुनुवार

काठमाडौं:

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सांसद यज्ञराज सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा

जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो त्यसको अहिले कुनै प्रभाव नदेखिएको बताए । उनले भने जुन देशका नागरिकले सरकारलाई सहयोग गर्दैनन्बाबहिरको सेना र सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति

र उपराष्ट्रपतिले देश छोड्नु परेको घटनाले पनि देखाएको छ ।उनले नेपालको सन्दर्भमा अहिले अमेरिकी सहयोग एमसीसी बारे भइरहेको बहसप्रति लक्षित गर्दै भने हामी पनि एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिऊँ ।

सांसद मोहन बानियाँले अफगानिस्तानको काबुल सहर तालिबानले कब्जा लिएको भन्दै त्यहाँको अमेरिकी दूतावासमा ३०० नेपाली सुरक्षामा खटिएका र उनीहरु अहिले रेड जोन मा परेको बताए । तिनीहरु रेड जोनमा परेका छन्त्यो

कुरा नेपाल सरकारलाई थाहा छ कि छैन रु उनले भने । सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत प्रस्ट तथ्यांक नरहेको भन्दै उनले कटाक्ष गरे ।

२०७८ भाद्र १, मंगलवार प्रकाशित 0 Minutes 330 Views

ताजा समाचार