२०७९ जेष्ठ ७ शनिबार

विधुत प्राधिकरणलाई नाफामा लैजाँदै नागरिकलाई सर्वसुलभ बिजुली दिने कुलमानको प्रतिबद्धता !

काठमाडौं:

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्त भएका कुलमान घिसिङले प्राधिकरण पुगेका छन् ।बुधबार पदभार ग्रहणका लागि प्राधिकरणका पुगेका बेला उनलाई

त्यहाँको कर्मचारीहरुले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालमा लोडसेडिङ

हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेक

थिएनन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै घिसिङलाई पुनर्नियुक्ति गराएका हुन् ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच घिसिङलाई पुनर्नियुक्ति गर्ने सहमति भएको थियो।
यसअघि २०७३ सालमा कार्यकारी

निर्देशक नियुक्त भएका घिसिङले आफ्नो कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

२०७८ श्रावण २७, बुधबार प्रकाशित 0 Minutes 178 Views

ताजा समाचार