२०७९ जेष्ठ ७ शनिबार

ओली नेपाल समूहबिनै अघि बढे एमाले एकता प्रयास धरापमा, अब के हुन्छ ?

काठमाडौं:

विधान महाधिवेशनमा पेस गर्ने संशोधन प्रस्ताव पारित, एमालेमा शक्तिशाली अध्यक्षको प्रस्ताव संस्थापन पक्षले पार्टी संगठनमा व्यापक हेरफेर हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेपछि एमाले एकताको प्रयास ‘धराप’ मा परेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराएर वरिष्ठ नेता माधवकुमार नेपालबिनै पार्टी चलाउने संकेत गरेका छन् । भदौ २७ र २८ का लागि तय भएको विधान महाधिवेशनमा पेस गर्न तयार गरिएको विधान संशोधन मस्यौदामा अहिलेको

संरचनामा व्यापक हेरफेर गरिएको छ । यसमा नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपाल समूहले एकताका लागि विधान महाधिवेशन र सदस्यता नवीकरण रोक्नुपर्ने सर्त राखेको थियो । पार्टीको पछिल्लो कदमले एकतालाई थप जटिल बनाएको

नेपाल समूहका नेताहरूको भनाइ छ । ‘पहिला पनि स्थायी कमिटीको बैठक रोक्नुस् र एकताका लागि उपाय निकालौं भनेका थियौं, रोक्नु भएन, निर्णयहरू गर्नुभयो र विभाजनतर्फ नै अगाडि बढ्नुभयो,’ उपमहासचिव घनश्याम भुसालले

कान्तिपुरसँग भने, ‘सोमबारको केन्द्रीय कमिटी बैठकले त झन् एकताको पक्षमा योगदान गरेन । यी दुईवटै बैठक र निर्णयलाई हेरेर निरन्तर रूपमा किन कमरेड ओली विभाजनतर्फ जाँदै हुनुहुन्छ भन्ने कुरामा हामी छलफल गर्छौं । ओली पक्षले भने यसको खण्डन गरेको छ । ‘माधव नेपालले एकपछि अर्को

सर्त राखेर एकता प्रक्रिया लम्ब्याउन खोजे, यसरी पार्टी संगठन चल्दैन भन्ने निष्कर्षमा अध्यक्ष ओली पुग्नुभएको छ, अब माधव नेपाल आए उनका लागि ढोका बन्द हुँदैन, नआए पार्टी उनीबिनै अगाडि बढ्छ,’ ओलीनिकट स्थायी कमिटीका एक सदस्यले भने, ‘माधव नेपालले भिन्दै पार्टी बनाउँछन् भन्ने

ओलीको बुझाइ छ । त्यसैले उनलाई पर्खंदा पार्टीले गति लिन्न भन्नेमा उहाँ प्रस्ट हुनुहुन्छ ।’ ओलीले केन्द्रीय कमिटी बैठकमा पनि नेपालसँग दूरी बढ्दै गएको र उनीबिनै अगाडि बढ्न सकिने प्रस्ट संकेत दिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर नेपालले एमालेलाई ध्वस्त गर्न लागेको उनको

आरोप छ । ‘माधव नेपालहरूका बारेमा केही भन्नु छैन, दाहालसँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवासँग मिलेर आफ्नो सरकार ढाली दक्षिणपन्थी गठबन्धन बनाउनुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महेश बस्नेतले भने, ‘साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ । म भन्न पनि

चाहन्नँ, धेरै साथीले कुरा बुझिसके । ओलीले औपचारिकता पूरा गर्न छिट्टै एकतामा आएर पार्टीलाई गति दिन नेपालसहितका नेताहरूलाई आग्रह गरेका छन् तर एकताका नाममा पर्खन नसकिने उनको प्रस्ट धारणा छ । ‘सबै फर्कनु

हुन्छ, छिटो–छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु तर पार्टी काम रोक्ने, गुट र समानान्तर गतिविधि भइरने अवस्था अन्त्य हुनेछ,’ उनले भनेका छन् ।

२०७८ श्रावण २६, मंगलवार प्रकाशित 0 Minutes 433 Views

ताजा समाचार