२०७९ जेष्ठ ७ शनिबार

‘नेपाली चढेको तुइन काट्नेपापिस्ट भारतीयमाथि कडा भन्दा कडा कारबाही होस् ! (भीम रावल)????

नेपाल:

दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमानवीय र क्रु,र भनेका छन्। दार्चुलाको व्याँस गाउँपालिका–२ माल

गाउँका ३३ वर्षीय जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर खसेका उनी महाकालीमा बेपत्ता भएपछि रावलले आ,क्रोश पोखेका हुन्। ‘दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली

नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ,’ रावलले भनेका छन्, ‘यस्तो क्रुर अमानवीय कार्यको छानबिन होस्। भारतसँग वार्ता गरी दो,षीलाई का,रवाही

गरियोस्। मृ,तकका परिवारलाई राहत प्रदान गरियोस्। रोजगारीका लागि विदेश जाने तयारी रहेका जयसिंह शुक्रवार बिहान सदरमुकाम खलंगा आएका थिए। स्थानीयका अनुसार मालगाउँबाट नेपालको बाटो हुदै

खलंगा आउँदा झण्डै दुई दिन लाग्थ्यो। तर भारतीय बाटो प्रयोग गर्‍यो भने दुई घण्टामै खलंगा पुगिन्छ। भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यही बाटो हुँदै खलंगा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार

बिहान जयसिंहसँग गाउँकै ६/७ जना मानिस आएका थिए। माल घा,टबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछन्, उनीहरु। यद्यपि विदेश जाने योजनासहित

काठमाडौँ हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका थिए।

२०७८ श्रावण १६, शनिबार प्रकाशित 0 Minutes 406 Views

ताजा समाचार