२०७९ जेष्ठ ७ शनिबार

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल ( सहि वा गलत ) ?

काठमाडौं:

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तरक्रिया

कार्यक्रममा बोल्दै पौडेलले दलित समुदायबीच मात्रै प्रतिष्पर्धा
हुनेगरी बेग्लै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको हो । दलित समुदायले अन्य जातीसँग प्रतिष्पर्धा गर्न गाह्रो हुने भएकोले उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न दलित दलितबीच

मात्रै प्रतिष्पर्धा गराउनु पर्ने उहाँले बताउनुभयो ।‘दलित समुदाय वर्षौंदेखि पछाडी पारिएको छ । अन्य जातीसँग प्रतिष्पर्धा गरेर
राजनीतिमा आउन उनीहरुका लागि धेरै असहज हुन्छ’ पौडेलले भन्नुभयो, ‘त्यसकारण उनीहरुको प्रतिनिधित्व सुनिश्चित गर्न

केही निर्वाचन क्षेत्र छुट्याउनुपर्छ, जहाँ दलित दलितबीच मात्रै प्रतिष्पर्धा होस् ।’पौडेलले अहिलेको २१औँ शताब्दिमा पनि जातीय छुवाछुत तथा हिंसाका घटना ब्याप्त रहेको भन्दै
छुवाछुत गर्नेमाथि सरकारले कडा दण्ड सजायसँगै जनचेतनाका

कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।उहाँले दलित समुदायले प्राप्त गरेका अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली, नेकपा

(माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य शक्ति बस्नेत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित 0 Minutes 1149 Views

ताजा समाचार