२०७९ जेष्ठ ७ शनिबार

काठमाडौं र भरतपुर माहानगरपालिका यी २ मेयर मध्ये तपाईंको साथ कसलाई

काठमाडौं vs भरतपुर ।

भरतपुर महानगर पालिकाको उपमेयर पदमा काँग्रेस र राप्रपाका उम्मेदवार बीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक मतगणना अनुसार राप्रपाका मेयरका उम्मेदवार काँग्रेसका उम्मेदवार भन्दा पछि परेका छन्

उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता

गठबन्धन रहेको छ। मेयरको नतिजा पछिल्लो अपडेट नेकपा माओवादी केन्द्र बाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमाले बाट मेयरका उम्मेदवार

विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ

खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह

भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर मत हाल्न आएकाे बताएका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले

महानगरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्। ‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने

हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले भने।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 1 Minute 3473 Views

ताजा समाचार