२०७९ जेष्ठ ७ शनिबार

काठमाडौं महानगरपालिका : मेयरमा बालेन र उपमेयरमा सुनिताको पक्षमा हुनेले भोट गरौँ

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोले सुरुवाती अग्रता लिएका छन्।
स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार

कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्। अहिले काठमाडौं

महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदानकेन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।

यो पनि पढ्नुहोस् काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्। अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह

भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर मत हाल्न आएकाे बताएका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले

महानगरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्। ‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चार कर्मीलाई प्रक्रिया दिँदै साहले भने‘त्यसका आधारहरू हुन्छन्।

वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले भने।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 591 Views

ताजा समाचार