२०७९ जेष्ठ ७ शनिबार

भरतपुर महानगरबाट जगन्नाथले फिर्ता लिएनन् मेयरकाे उम्मेदवारी रेनुलाई धक्का ..

चितवन ।

भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । दिनभर आफ्नाे घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थक माझ

बसेका पाैडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त काेणासभालाई सम्बाेधन गरे । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरकाे मेयर पद नेकपा माओवादी केन्द्रको भागमा

परेपछि चितवन कांग्रेसमा असन्ताेष चुलिएकाे थियाे । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । कांग्रेसका

नेता पाैडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फाेन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह

गरेका थिए । पाैडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठाएका थिए । तर पाैडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसाे मात्र काठमाडाैं फर्के

पाैडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकाेटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए । पाैडेल विसं. २०४९ सालकाे स्थानीय चुनावमा

तत्कालीन भरतपुर नगरपालिकाकाे उपमेयरमा कांग्रेसबाट विजयी भएका
थिए । उनी राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । ७१ वर्षीय पाैडेल वरिष्ठ अधिवक्ता पनि हुन् ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 750 Views

ताजा समाचार