
१४ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् । ओलीले आफ्नो झुटलाई च्यालेन्ज
गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ । ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने,
उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ । ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको थापाले बताए । उहाँलाई आफ्नो प्रशंसाको
एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन उनले भने । महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क (लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र
मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए । केपी ओलीलाई लजिक मन पर्दैन म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन । ओलीले कांग्रेसले
आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए ।‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन
पढाउँछु ।समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै आइडिया हो’ उनले भने । थापाले अघि भने,तपाईको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।