२०७९ जेष्ठ ७ शनिबार

जुन चिह्नबाट विजयी हुन्छ , जनप्रतिनिधिको दलीय हैसियत उही हुन्छ ।

काठमाडौँ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताएका छन् । शनिबार पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचित भएपछि पनि

सोही दलको पदाधिकारी हुने बताएका हुन् । उनले कानुनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने बताएका हुन् । भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने पनि

थपलियाले बताए । हाम्रो निर्वाचन कानुनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरो आयोगले जान्ने कुरा पनि भएन । यसकारण हामी के बुझ्दछौं भने यदि कुनै पनि राजनीतिक दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रका आधारमा उम्मेदवारी दर्ता हुन्छ ।

उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ भन्ने विषय आयोगको होइन उनले भने,त्यसकारण जुन चिह्नबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ त्यही दलको हो भन्ने निधो हुन्छ । यदि कोही स्वतन्त्र

रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिह्नबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलदले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर

आयोगमा निजलाई हटाइदिनुपर्‍यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ । पछिल्लो समय साना दलहरूले ठूला दलको चुनाव चिह्न लिएर उम्मेदवार बनिरहेको अवस्थामा प्रमुख निर्वाचन आयुक्तको

यस्तो अभिव्यक्ति आएको हो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले नेकपा एमालेको सूर्य चिह्न लिएर स्थानीय तहमा सहभागी हुने भएको छ । यस्तोमा राप्रपा, नेपालका कुनै उम्मेदवारले

चुनाव जितेमा उसको दलीय हैसियत नेकपा एमालेकै हुनेछ । प्रमुख निर्वाचन आयुक्तले महिला उम्मेदवार बढाउन पनि राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार