२०७९ जेष्ठ ७ शनिबार

दोलखा बाट माओवादी केन्द्र शुन्य पार्दै केन्द्रको सिंगो कमिटी एमालेमा प्रवेश

काठमाडौं ।

दोलखाको उत्तरी क्षेत्रमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेशको लहर चलेको छ । आगामी वैशाख ३० मा हुने निर्वाचनमा माओवादी कम्युनिष्ट आन्दोलनबिरोधी गठबन्धनमा सहभागी हुने भएपछि नेताहरु धमाधम एमाले रोज्न थालेका हुन् । एमाले पोलिटब्यूरो सदस्य

तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहनगर गौरीशंकरमा माओवादीका सवै नेताहरु एमाले प्रवेश गरेका हुन् । माओवादी केन्द्रका निर्वाचन क्षेत्रीय संयोजक रहेका जिल्लाकै प्रभावशाली नेता निमा लामा आज आफ्नो वडाको सिंगो टीम बिलय गराउँदै निर्वाचन क्षेत्रका अन्य

प्रभावशाली नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन् । लामा २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस(माओवादी गठबन्धनको तर्फबाट गौरीशंकर गाउँपालिका अध्यक्षका उम्मेद्वार थिए । लामो समयदेखि माओवादीमा क्रियाशील नेता लामालाई आज उनकै वडा

झ्याँकूमा पुगेर पूर्वमन्त्री एवं एमाले नेता गुरुङ, एमाले दोलखा इञ्चार्ज सरस्वती बस्नेतसहितका नेताहरुले पार्टीमा स्वगत गरेका हुन् । लामासँगै माओवादी दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, मिङगुर शेर्पा, अशोक तामाङ, छिरिङ डोमा शेर्पा, नुर्वु शेर्पा,

नाम्गेल शेर्पालगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ । आज एक कार्यक्रममा नेता लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिजन र दोलखामा पार्वत गुरुङ जस्ता बिकाशवादी र सवैलाई समान ब्यवहार गर्ने कामबाट आफू एमालेमा आएको बताए ।

माओवादीले मुलुकको समृद्धि रोक्न कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलनलाई नै घात गरेको कारण अव सो पार्टीमा कोही पनि बस्न नसक्ने उनले बताएका छन् । सत्तामा बसेर लुटिखाने समुह मात्रै अव माओवादीका लागि फिट हुने उनको भनाई थियो । उनीहरुसहित आज

सो वडाका १ सय भन्दा बढी माओवादी कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेसीहरुलाई नेता गुरुङले पार्टीमा स्वगत गर्दै उचित जिम्मेवारी दिने र समृद्धिका लागि साथसाथ सहकार्य गर्ने बताएका छन् । समृद्ध दोलखा निर्माण अभियानमा एकसाथ अघि बढनका लागि गुरुङले दोलखाका सवै दलमा आवद्ध इमान्दार नेता–कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

२०७८ चैत्र १७, बिहीबार प्रकाशित 0 Minutes 236 Views

ताजा समाचार