
नुवाकोट ।
स्थानीयत तहको निर्वाचन नजिकिदै जाँदा धेरैजसो शिक्षकहरू राजिनामा दिएर जनप्रतिनिधि हुने तयारीमा लागेका छन । जुन विगतदेखि चल्दै आएको चलन हो । तर पछिल्लो समय विद्यालयमा
हाजिर गरेर प्रधानाध्यापक नै पार्टीको झण्डा बोकेर गाउँ डुल्नेगरेको पाइएको छ । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सिद्दि गणेश प्रा विकाे प्रधानाध्यापक कमला प्याकुरेल
विद्यालयमा हाजिर गरेर एकसातादेखि दिउँसभर नेपाली कांग्रेसको झण्डा बोकेर घरदैलो अभियानमा हिडेँको तथ्य दैनिकीले प्राप्त गरेको छ । यस विषयमा अनलाइन नुवाकोटले पनि यस विषमाय
प्रधानाध्यापक प्याकुरेलको बारेमा समाचार सार्वजनिक गरेको थियो । प्रधानाध्यापक प्याकुरेल एक सातादेखि दिनहुँ हाजिर गरे लगत्तै नेपाली कांग्रेसको झण्डा बोकेर भोट माग्न गाउँडुल्न हिड्ने गरकी छिन ।
स्थानीयहरूले बिरोध गरे पनि राजनीतिक दलको संरक्षणका कारण उनले स्कुलमा काम गर्न छाडेर निरन्तर पार्टीको झण्डा बोकेर हिँडिरहकी छिन ।
यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।