२०७९ जेष्ठ ७ शनिबार

विमानस्थलमा आफन्त लिन आउनेले रु १०० तिर्नुपर्ने, के भन्छन् कुरूवाहरू? हेर्नुस् (भिडियो सहित)

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ। नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको

आइएमएस ग्रुपले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको छ। जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ शुल्क तोकिएको छ। सरकारले

आइएमएस ग्रुपलाई ३० वर्षका लागि नयाँ आगमन कक्ष सञ्चालनको जिम्मा दिएको हो। सोही अनुसार ग्रुपले आगमन कक्ष सञ्चालनको नाममा आफन्त कुर्न आउनेहरूका लागि शुल्क लिन सुरू गरेको हो।

तर सो कुरा गलत रहेको विमान स्थलमा आउने सर्व साधरणहरूको धारणा छ। हेर्नुस् आफन्त लिन आएका कुरूवाहरूसँग कुरा कानी गरेर तयार पारिएको यो भिडियो सहित

यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।

https://youtu.be/9A3wsY90S_M

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 224 Views

ताजा समाचार