
४ चैत, काठमाडौं ।अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ । त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे
अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो
जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज
काठमाडौं आएको हो । उनका अनुसार २०२१ को जनवरी, अप्रिल र अगस्ट महिनामा समेत सेनाको यस्तो जहाज आएको थियो । यो
जहाजमा सेना भने नआउने उनले जानकारी दिए काठमाडौंस्थित
अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र
फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको उनले जानकारी दिए । यस्तो उडानका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया
पूरा गरी उडान अनुमति लिइएको हुन्छ । शुक्रबार अमेरिकी एयर फोर्सको जहाज काठमाडौं अवतरण भएको विषयलाई एमसीसी सम्झौतासँग जोडेर सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरुभएको छ ।
यो समाचार पढेर कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला । अनि तपाईंको घर,गाउँ ,समाज वरिपरि केही घटनाहरु घटेमा खबर गर्नुहोस् राम्रो ,नराम्रो खबर पाउन बाट कोहिपनी बन्चित हुनु नपरोस् नयाँ ताजा समाचारको लागि सधैं फटाफट न्युज हेर्दै गर्नुहोला ।