२०७९ जेष्ठ ७ शनिबार

देश र जनताप्रेमी नेता: राष्ट्रपति भोलोदिमिर जेलेन्स्की घा’इते सैनिकहरूलाई अस्पतालमै पुगेर भेटे्

विश्वकै देश र जनताप्रेमीनेता।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की घा’इते सैनिकहरूलाई भेट्न अस्पतालमा~ सलाम छ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा अस्पतालमा गएर त्यहाँ उपचार गराइरहेका घाइते सैनिकहरूलाई

भेटेका छन्।त्यहाँ उनले घा’इते सैनिकहरूसँग कुराकानी गरे अनि उनीहरूसँग सेल्फी खिचाए।राष्ट्रपति जेलेन्स्कीले रुससँग जारी यु’द्धमा घाइते भएका सैनिक र अस्पतालका कर्मचारीहरूलाई पदक पनि दिए।

केही दिनहघि जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृ’त्यु भएको दाबी गरेका थिए।एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै

५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको दाबी गरेका थिए। तर बीबीसीले त्यस्तो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।जेलेन्स्कीले यु’द्धमा ज्यान गुमाउने रुसी सैनिकको

सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका थिए।उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,” उनले भनेका थिए।

२०७८ चैत्र २, बुधबार प्रकाशित 0 Minutes 139 Views

ताजा समाचार