२०७९ जेष्ठ ७ शनिबार

वीरगन्जका मेयर विजय सरावगी एमाले प्रवेश !

२८ फागुन, काठमाडौं ।

वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेका प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनर्ला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी

फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए । एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । ‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा

छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले भने । नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका मेयर सरावगी अन्तिममा एमाले प्रवेश गरे । उनले पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले

प्रवेश गरेको पनि खुलाए । म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ । तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ । एमाले

अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै मेयर सरावगीले उनले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु नभएको बताए । ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ’ उनले भने ।

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार