२०७९ जेष्ठ ७ शनिबार

नेताहरूले Mccलाई गुच्चा खेल्या जस्तो व्यवहार गर्नाले आज राष्ट्रियतामाथि नै आँच आयो : लिङ्देन

कञ्चनपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको आलोकाँचो व्यवहारले मुलुक शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बन्न पुगेका बताएका छन् । प्रमुख दलका नेताहरूले केटाकेटी

व्यवहार देखाउँदा मुलुकको राष्ट्रियतामाथि नै आँच आउन पुगेको उनको भनाइ छ । ‘शक्तिराष्ट्रहरूले अहिलेसम्म यो गर वा त्यो गर भनेका थिएनन्,’ मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई

सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘यो सब नेताहरूले केटाकेटी व्यवहार देखाउँदाको समस्या हो ।’ उनले व्याख्यात्मक टिप्पणी भन्दै संसद्बाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम भएको

बताए । नेताहरूले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा आजको अवस्था आएको लिङ्देनले बताए । कतिपयले एमसीसीकै बारेमा एक दिन ठीक र अर्को दिन बेठीक भन्ने गरेकोप्रति

राजनीतिक रूपमा अपरिपक्वता देखाएको उनले बताए । ‘आज ठीक हुने, भोली बेठीक हुने, अनि तेस्रो दिन फेरि ठीक हुने,’ उनले भने, ‘यस्तो पनि हुन्छ कहीँ, एमसीसीमा भयो । मुलुकमा ३१

वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा लुटतन्त्र चलिरहेको उनले आरोप लगाए । ‘अब लुटतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको छ,’ अध्यक्ष लिङदेनले भने, ‘राजनीतिलाई पेसा व्यवसाय बनाउनेहरूले लुटतन्त्र मच्चाएका छन् ।’

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 0 Minutes 209 Views

ताजा समाचार