२०७९ जेष्ठ ७ शनिबार

Mcc प्रक्रियाबाटै टुंगिन्छ,बिबादास्पद हुँदैन, सत्ता गठबन्धन टुट्दैन : दाहाल

काठमाडौँ ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरुसँग

बोल्दै अध्यक्ष दाहालले यस्ते बताएका हुन् । नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दाहालले दिए । बैठकमा नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष उनले

बताए । अध्यक्ष दाहालले भने उहाँले अरु कुरा होइन यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुपर्‍यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब

प्रक्रियाबाट टुंगिन्छ भने त्यही हो । नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसाग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए । यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहाद

आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा

नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 0 Minutes 115 Views

ताजा समाचार