२०७९ जेष्ठ ७ शनिबार

Mcc पारित गर्ने/नगर्ने भन्ने निर्णय नेपालको बिषय : अमेरिका

Mcc नेपाल ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको ५०० मिलियन डलर अमेरिकी डलर अनुदान सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको प्रस्ट पारेको छ ।चीनले शुक्रबार अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र

त्यसको आफूले प्रतिवाद गर्ने चेतावनी दिएको भोलिपल्ट अमेरिकी दूतावासले उक्त धारणा बाहिर ल्याएको हो। काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको अनुमोदन गर्ने वा नगर्ने निर्णय नेपाली नेताहरुले गर्ने जनाएको हो।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो। एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ। वेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका

प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालमाथि बलजफ्ती कूटनीति गर्न खोजेको टिप्पणी गरेका थिए। वाङले ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा मिचाहा कूटनीति सुरु गरेको छ। चीनले यसको प्रतिवाद गर्नेछ’ भनेका थिए। ‘यो वर्ष नेपाल र अमेरिका बीचको

सम्बन्धको ७५औं वर्ष हो। यी ७५ वर्षमा नेपालमा विशाल परिवर्तनहरू भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका

साथै थप माध्यमबाट मद्दत गरेका छौं।’ अमेरिकाले विज्ञप्तिमा एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको उल्लेख गर्दै यसले दुई मुलुकबीच एउटा साझेदारी रहेको प्रस्ट पारेको छ। एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको

जीवनमा सुधार गर्ने पनि विज्ञप्तिमा उल्लेख छ। ‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शीरूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

२०७८ फाल्गुन ७, शनिबार प्रकाशित 1 Minute 133 Views

ताजा समाचार