२०७९ जेष्ठ ७ शनिबार

अभियन्ता शाही राप्रपामा भित्रिए,माला लगाएर स्वागत गरे अध्यक्ष लिङदेन !

काठमाडौं ।

ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ । शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए । शाही सहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् । लिङदेनले शाहीलाई माला लगाइदिनुका साथै राप्रपाको झण्डा प्रदान गरेका थिए

शाही राप्रपामा प्रवक्ता बन्ने गरी भित्रिएका हुन् । यसअघि भ्रष्टाचारविरोधि अभियन्ताका रुपमा चिनिएका उनी अब राजतन्त्रको एजेन्डालाई आत्मसात गर्दै मुलधारको राजनीतिमा आएका छन् ।

यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै

निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा

सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा

नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ फाल्गुन ६, शुक्रबार प्रकाशित 0 Minutes 118 Views

ताजा समाचार