२०७९ जेष्ठ ७ शनिबार

मन्त्री आले एक्लैले उठिवास परे होटेल याक एन्ड यतिलाई सम्मान सरुप एक सेयर गर्नुहोस

काठमाडौं ।

संस्कृति पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले दरबारमार्गमा रहेको होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएका छन् । होटल र क्यासिनोले बुझाउनुपर्ने
रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८

हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै मन्त्री आलेले होट बन्द गर्न निर्देशन दिएका हुन् । मन्त्रालयको तर्फबाट पर्यटन
विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक–पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै

मन्त्रीस्तरीय निर्णयमार्फत नै होटललाई कारवाही गरिएको हो । बुझाउन बाँकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले

होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए । ‘होटल तथा क्यासिनो सञ्चालन नगर्नू नगराउनू हुन सूचित गरिन्छ,’ पत्रमा भनिएको छ । उक्त होटलमा अमेरिकी सहयोग परियोजना एमसीसीको

नेपाल स्थिति कार्यालय छ । अब उक्त कार्यालय पनि त्यहाँबाट हट्ने भएको छ । उक्त होटलमा अमेरिकी सहयोग परियोजना एमसीसीको नेपाल स्थिति कार्यालय छ । अब उक्त कार्यालय पनि त्यहाँबाट हट्ने भएको छ ।

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 0 Minutes 140 Views

ताजा समाचार