२०७९ जेष्ठ ७ शनिबार

खाली पेपरमा हस्ताक्षर गर्न पाँच सांसदले गरे अस्वीकार

काठमाडौं ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । संघीय संसद् भवन नयाँ

बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो। ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए। अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। ‘चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर

गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन,’ झपट रावलले भने। एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए। उनले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल

भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए। सांसदहरूले भने प्रतिशोधको राजनीति गर्न नहुने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। झपट रावलले भने, ‘मैले प्रस्ट के भनेको छु भन्दा प्रतिशोधको राजनीति गर्ने होइन। महाभियोगको सट्टा महाभियोग होइन। जनताका बीचमा गएर जे भन्नुपर्ने हो भन्ने हो। हामी अनिर्णयको बन्दी

बन्ने होइन। जनताले सुन्ने, बुझ्ने र अनुभूति गर्ने गरी हामी जाने हो। खाली कागजमा हस्ताक्षर गर्नेमध्येका सांसदहरू कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मोहन बानियाँ, विमला विकलगायतले पनि प्रतिशोधको राजनीति नगर्ने नेतृत्वलाई भनेका थिए। संसदीय दलको

बैठकमा अध्यक्ष ओलीको पक्षमा लामो समयदेखि लाग्दै आएका सांसद महेश बस्नेतले भने सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अविश्वासको प्रस्ताव लानुपर्ने प्रस्ताव गरेका थिए। उनले न्यायाधीशविरुद्ध होइन सभामुखविरुद्ध लाग्नुपर्ने धारणा राखेका थिए।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 407 Views

ताजा समाचार