२०७९ जेष्ठ ७ शनिबार

पुन राप्रपा नेपालको अध्यक्ष भएपछि कमल थापाको प्रतिक्रिया – अलमलपछि फेरि आफ्नो पुरानै घर फर्किएँ

काठमाण्डाै ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिनुभएका कमल थापाले राप्रपा नेपालको नेतृत्व लिनुभएको छ । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले

थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ । यसअघि राप्रपा नेपालकै अध्यक्ष रहनुभएका थापाले पार्टी एकीकरण गरेपछि लाक्पा शेर्पाको अध्यक्षतामा राप्रपा

नेपाल गठन भएको थियो । राप्रपा नेपालमा आबद्ध भएसँगै अध्यक्ष हुनुभएका कमल थापाले केही समयको अलमलपछि आफू फेरि पार्टीमा फर्किएको बताउनुभएको छ । थापाले आज आइतवार विज्ञप्ति

निकालेर देशको धरातलीय यथार्थ एवम् सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको र केही समयको अलमलपछि फेरि आफूहरू आफ्नो घर

फर्किएको बताउनुभएको छ । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरु, प्राथमिकताहरु र कार्यनीतिमा समयानुकुल परिमार्जन गर्ने थापाले बताए उनले आगामी स्थानीय

तहको निर्वाचनमा आफूहरू सक्रियताका साथ सहभागी हुने बताए उनले राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने जानकारी गराए। विगतमा सँगै काम गरेका साथीलाई
उनले विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन आग्रह गरे

हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मान्यता प्रति विश्वास गर्नु हुने स्वतन्त्र बुद्धिजिवि, नागरिक समाज, तथा विभिन्न दलहरुमा आवद्ध रहेकाहरुलाई पनि राप्रपा नेपाललाई साथ दिन, सहभागी हुन र मार्गदर्शन गर्न सविनय अनुरोध गर्दछु,’ उनले भने

२०७८ फाल्गुन १, आईतवार प्रकाशित 0 Minutes 574 Views

ताजा समाचार