२०७९ जेष्ठ ७ शनिबार

एमसीसीबारे जनमत संग्रह गरौं ! जनता के भन्छन् माओवादी सांसद किराँती

काठमाडौं ।

सत्तारुढ (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत संग्रहका लागि तयार हुनुपर्ने बताएका हुन् । प्रतिनिधिसभाको

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन्।
एमसीसीविरुद्धमा जनता बोलिरहेका छन्। राम्रो भन्ने हो भने गोलमेच

सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त,’ उनको सुझाव थियो, ‘या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं। एमसीसी राष्ट्रघाती नै’ भएको सांसद किराँतीको भनाइ थियो। ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी’ भन्दै विकासका नाममा राष्ट्रिय

हितविरुद्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो। किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए। ‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन,’ उनले भने। नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो। उनले बहालवाला प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू

विवादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए। संसद्मा राष्ट्रिय महत्वका विषयमा सांसदहरूलाई बोल्न नदिइएको र समय कम दिइएको विषयमा पनि सांसद किराँतीले असन्तुष्टि जनाएका छन्। उनले सबै सांसदको हैसियत बराबर भएपनि बोल्न समय नमिलेको बताए।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 164 Views

ताजा समाचार