२०७९ जेष्ठ ७ शनिबार

Mcc बिरुद्ध २२ दल र सामाजिक अभियन्ताहरु मिलि २६ गते बृहत जनप्रदर्शन गर्ने ( सक्दो सियर गर्नुस् )

काठमाडौँ ।

एमसीसी सम्झौता विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन गर्ने भएका छन् । राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले २६ माघको

जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले ४ बुँदे निर्णय समेत गरेको छ । प्रेस–वक्तब्य देहायमा उल्लेखित एमसीसी-सम्झौता बिरोधी

राजनीतिक पार्टी, मोर्चा, अभियान र संगठनहरु तथा अन्य आमन्त्रित व्यक्तिहरुको संयुक्त बैठक रुद्रनगर (रातोपुल) काठमाडौंमा नेकपा (माले) का महासचिव सी.पी.मैनालीको अध्यक्षतामा सफलताका साथ सम्पन्न भयो । बैठकका महत्वपूर्ण निर्णयहरुलाई यस वक्तव्यबाट

सार्वजनिक गरिएको छ । (१) एमसीसी -सम्झौतालाई संसदको हिउँदे अधिवेशनद्वारा अनुमोदित गराउनको निम्ति प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताधारी गठबन्धनभित्र चर्को दवाव दिइरहेका छन् । गठबन्धनका अन्य दलहरु त्यसका अघि झुक्न सक्ने र प्रधानमन्त्रीले

आफ्ना शर्तहरुलाई मानेको खण्डमा प्रमुख प्रतिपक्षी पार्टी नेकपा (एमाले) ले पनि एम।सी। सी-सम्झौतालाई समर्थन गर्न सक्ने संभावना बढेको सन्दर्भमा उक्त सम्झौता बिरोधी जनमत र जनशक्तिलाई सशक्त र ब्यापक बनाउँदै त्यसको खारेजीको निम्ति

संयुक्त बैठकका सहभागी दलहरुले यही माघ २६ गते काठमाडौंमा विशाल विरोधसभा र जनसभा गर्ने निर्णय गरेका छन् । (२) यसअघि नै उक्त दिन एमसीसी बिरुद्ध प्रदर्शन र जनसभा गर्ने निर्णय गरिसकेका अन्य दल-समूह र दलका कार्यक्रमहरुसँग एकता र

तालमेल मिलाउनको निम्ति बैठकले सीपीमैनालीको संयोजकत्वमा एउटा नौ सदस्यीय कार्यदलको गठन गरेको छ । यस कार्यदलले एमसीसीसम्झौताको विरोध गर्ने अन्य संगठन र ब्यक्तिहरुलाई समेत २६ गते माघको विरोध प्रदर्शन र जनसभामा सहभागी गराउने गृहकार्य

समेत गर्नेछ । यसले सहभागी दलहरुको सकृय सहयोगमा उक्त कार्यक्रमहरुको ब्यवस्थापन सम्बन्धी कार्यहरु पनि गर्नेछ । (३) संयुक्त बैठकले देशका संभव सवै प्रदेश–राजधानीहरु र जिल्लाहरुमा

एमसीसी–सम्झौताको विरुद्धमा यस वैठकका सभागी पार्टी, मोर्चा, अभियान तथा संगठनले त्यहाँस्थित अन्य एमसीसी-सम्झौता विरोधी शक्तिहरुलाई समेत समेट्दै विविध कार्यक्रम गरुन् भनी निर्देशन गरेको

छ । (४) एमसीसी-सम्झौताको भण्डाफोर गर्दै र त्यस बिरोधी २६ माघको जनप्रदर्शन तथा जनसभामा ब्यापक रुपमा सरिक हुनको निम्ति जनता समक्ष अपील गर्दै एमसीसी-सम्झौता बिरुद्ध संयुक्त जनान्दोलनको तर्फवाट यही माघ २४ गते पत्रकार सम्मेलन गरिनेछ ।

२०७८ माघ २४, सोमबार प्रकाशित 1 Minute 866 Views

ताजा समाचार