२०७९ जेष्ठ ७ शनिबार

औषधी प्रयोगका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

२४ माघ, काठमाडौं ।

गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महपिना का कार्यविधि ल्याउने तयारी गरेको छ मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय
प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता

फणिन्द्रमणि पोखरेलले अनलाइनखबरलाई बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने पहिले

पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो । औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको बनाउँदै उनी भन्छन्,

तर विस्तृत व्यवस्था थिएन, त्यसलाई कार्यविधिमार्फत समेट्दैछौं । गाँजामाथि प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङलगायतले पैरवी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै

विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका

समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ माघ २४, सोमबार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार