२०७९ जेष्ठ ७ शनिबार

तीन मन्त्रालयमा एमसीसीको नियन्त्रणमा अब नेताले पक्का देश बेच्ने भएः भीम रावल

काठमाडौं ।

अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय एमसीसी बनेको छ । हुनत यतिबेला स्थानीय तहको निर्वाचनका विषयमा सर्वाधिकमात्रै नभएर सर्वत्र चर्चाहुनुपर्ने हो । तर स्थानीय तहलाई तह लगाएर सत्तागठबन्धन

एमसीसीमा होमिएपछि देश नै तरंगित बनेको छ । एमाले देउवासँग मिलेर एमसीसी पास गर्न तयार भए, एमालेभित्रकै केही नेताहरु त्यसको विरुद्धमा जाने भएका छन् । त्यसमध्येका एक हुन् डा. भीम

रावल । एमसीसीमा सुरुवाती दिनदेखि नै विरोधमा उत्रिएका र यो सम्झौतामाथि केस्राकेस्रा केलाएर राष्ट्रहित विपरित रहेको दाबी गरिरहेका नेता रावलले फरक मत राखिरहेका छन् । एमसीसी पास

गर्न एमाले अघि बढे आफु राष्ट्रको पक्षमा उभिने उनको मत छ । यसको मतलब उनी बरु पार्टी छोड्न तयार तर एमसीसी कदापी पारित हुन नदिने अडानमा छन् । डा. भीम रावलले योहो

टेलिभिजनका कार्यक्रम एबीसी चेकमा केही गम्भीर खुलासा गरेका छन् । रावले हरेक मन्त्रालय एमसीसीको नियन्त्रणमा रहनेगरि सम्झौता गरिएकोबारेमा समेत पहिलोपटक विशेष खुलासा गरेका छन् ।

यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै

निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा

सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा

नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ माघ २३, आईतवार प्रकाशित 0 Minutes 175 Views

ताजा समाचार