२०७९ जेष्ठ ७ शनिबार

गाई भैंसीलाई ‘ओछ्यान’

बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिकाले गाईभैंसीलाई न्यानो ओछ्यान’  वितरण थालेको छ । नगरपालिकाको पशु विकास शाखाले गाईभैंसीलाई ओछ्याउन १ सय ९८ वटा ‘काऊ म्याट’ वितरण गरेको

हो । पचास प्रतिशत अनुदानमा यहाँका २१ व्यावसायिक कृषक फर्महरुले ‘काऊ म्याट’ पाएका हुन् । यसले चिसोमा गाईभैंसीलाई न्यानो पार्नेछ । नगरपालिका पशु विकास शाखा प्रमुख इन्द्रबहादुर
खड्काले किसानलाई पशुपालन व्यवसायमा उत्प्रेरणा जगाउन उक्त

म्याट वितरण गरिएको बताए । म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई चिसोबाट जोगाउने उनले बताए । बाँडिएका म्याटको प्रभावकारिता हेरेर थप वितरण गर्ने नगरपालिकाको योजना छ ।

यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै

विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका

समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ माघ १९, बुधबार प्रकाशित 1 Minute 164 Views

ताजा समाचार