२०७९ जेष्ठ ७ शनिबार

नेपालमा अहिले सम्मकै जन्मदर घट्नु चिन्ताकै विषय आयो : महानिर्देशक श्रेष्ठ

काठमाडौं ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक जनसंख्या वृद्धिदर घटेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यसपटक भने ०.९३ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । वि.सं. १९८७ र १९७७ को जनगणनामा भने जनसंख्या वृद्धिदर ऋणात्मक थियो । तर १९९८

सालमा गरिएको जनगणनायता वृद्धिदर १ प्रतिशतभन्दा माथि थियो । यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग गरिएको कुराकानी : जनसंख्या वार्षिक वृद्धिदर १.३५ प्रतिशतबाट घटेर ०.९३ प्रतिशत मात्रै भएको छ। जनसंख्या वृद्धिदर घट्नुको कारण के हो? सामान्यतया भइरहेको जनसंख्यालाई

प्रतिस्थापन गर्न एक जना महिलाले २.१ अर्थात १० जना महिलाले २१ जना बच्चाउनुपर्ने हुन्छ। नेपालको सन्दर्भमा अब यो भन्दा कम देखियो। यो घट्दै घट्दै गयो भने जनसंख्या वृद्धिदर ऋणात्मक नै हुने छ। तर अहिलेसम्म ऋणात्मकको अवस्थामा हामी पुगिसकेका छैनौं। दश वर्षमा करिब २७ लाख जनसंख्या वृद्धि भएको छ। तर वृद्धिदर

घटेको छ। यसका पछाडि धेरैवटा कारण छन्। प्रमुख कुरा शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडिन्छ। शिक्षा, स्वास्थ्यका कारण वाल मृत्युदर घटेको छ। मृत्युदर घट्नेबित्तिकै जन्मदर पनि घटेर जान्छन्। किनभने मान्छेमा आत्माविश्वास बढेर जान्छ। शिक्षा आर्जन गरेपछि मान्छेहरू केही न केही रोजगारी तथा उद्यमशीलतामा लाग्छ

वा विदेश जान्छ। यी सबै काम गर्दा विवाह गर्ने उमेर नै ढिलो हुने, विवाह गरिहाले पनि चाँडो बच्चा नजन्माउने, जन्माए पनि एउटा मात्रै जन्माउने हुन थाल्यो। लैङ्गिक हिसाबले छोरा र छोरीबीचको विभेद पनि कम हुँदै गएको छ। विभेद कम भएपछि जे जन्मिए पनि एउटा वा बढीमा दुुई वटा मात्रै हुने भए। पछिल्लो समयमा त नेपालमा पनि

एउटा मात्रै बच्चा जन्माउने दम्पती धेरै भइसके। मधेस प्रदेश, कर्णाली र सुदुरपश्चिममा जन्मदर बढी नै छ। बाँकी ४ प्रदेशमा कम छ। वाग्मती प्रदेशमा एकजना महिलाले १.६ अर्था १० जना महिलाले १६ जना बच्चा मात्रै पाउँछन्। काठमाडौंमा १० जना महिलाले १४ जना बच्चा पाउँछन्। यसको अर्थ एउटा मात्रै सन्तान जन्माउने संख्या बढ्दो

छ। अर्को कारण बच्चाहरूलाई हुकाएन लाग्ने लागत नेपालमा पनि निकै बढेर गएको छ। बच्चा जन्मिसकेपछि उचित खानपान, शिक्षा, स्वास्थ्यमा ठूलो खर्च लाग्छ। जसले गर्दा धेरै बच्चा जन्माएनन्। अर्कोतर्फ विदेशमा बसोबास गर्ने मानिसहरू नेपालको जनसंख्यामा गणना हुदैन। नेपालमा अनुपस्थित जनसंख्यामा गणाा हुन्छ। विदेश

जाने संख्या बढी भएपछि यहाँको जनसंख्या कम देखियो। उनीहरूनै यहाँ नभएपछि उनीहरूले जन्माउने जनसंख्या पनि कम भएको हो। जन्मदर घट्नेक्रम विश्वव्यापी नै हो। विश्वकै जनसंख्या वृद्धिदर ०.९ प्रतिशत मात्रै हुन्छ भन्ने प्रक्षेपण सार्वजनिक भएको थियो। नभन्दै हामी पनि त्यहीँ हाराहारीमा पुगेका छौं। अमेरिकाको जनसंख्या वृद्धिदर पनि

०.२ प्रतिशत मात्रै छ। यसको अर्थ त्यहाँका मानिसहरू पनि आर्थिक गतिविधिमा व्यस्त भएर बच्चा जन्माउने क्रम घटिरहेको छ भन्ने हो। विकासको प्रक्रियानै हो यो। विकास र व्यस्तताले जनसंख्या वृद्धिदर घट्छ नै। जनसंख्या वृद्धिदर नकारात्मक नै हुने सम्भावना छ कि छैन? अहिलेनै यो अनुमान गर्न अलि गाह्रो हुन्छ। हतार पनि हुन्छ।

हामीसँग अहिले कूल जनसंख्या, त्यसमा महिला र पुरुषको जनसंख्या मात्रै छ। जसलाई प्रारम्भिक विवरण भनेका छौ। यो अनुमान गर्नका लागि जनसंख्या सम्बन्धी वृहत् विवरण आउनै बाँकी छ। त्यसमा पनि उमेर समूहको विवरण आएपछि विश्लेषण गर्न सकिन्छ। जनगणनाको सम्पुर्ण विवरण प्राप्त भएपछि मात्रै यसको अनुमान गर्न सकिन्छ। २ करोड ९२ लाख जनसंख्याको छुट्टाछुट्टै विवरण कम्प्युटरमा प्रविष्ट

गर्नुपर्छ। त्यसका लागि पनि ६/८ महिना समय लाग्छ। एक वर्षपछि मात्रै जनसंख्याको वृद्धिदर ऋणात्मक होला वा नहोला भन्ने अनुमान गर्न सकिन्छ। तर ०.९३ प्रतिशतको वृद्धिदर भनेको १ प्रतिशतकै हाराहारी हो। त्यसकारण अझै केही देशकसम्म जनसंख्या वृद्धिदर ऋणात्मक नै चाहिँ नहोला भन्ने मेरो व्यक्तिगत अनुमान छ।

२०७८ माघ १३, बिहीबार प्रकाशित 0 Minutes 149 Views

ताजा समाचार