२०७९ जेष्ठ ७ शनिबार

पोखरा उडेको विमान ‘डोर अनलक’ भएपछि काठमाडौं फिर्ता !

काठमाडौँ ।

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक भएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका

३ सदस्य सवार थिए । गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको

देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो । उनले भने पोखरा उडेको जहाज चार/पाँच मिनेटमै डोर अनलकको इन्डिकेटर पाइलटले देखेपछि फर्काइएको थियो । थापाका अनुसार यात्रुलाई

गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको उनले दाबी गरे । यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक

उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट

बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस

प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक

आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ माघ २, आईतवार प्रकाशित 0 Minutes 143 Views

ताजा समाचार