२०७९ जेष्ठ ७ शनिबार

एक वर्षपछि एमालेको सरकार आउँछ, अनि ठाउँ ठाउँमा विकासको लहर ल्याउँछ : ओली ( सियर गरौं )

काठमाडौं नेपाल ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् । उनले झापाको शिवसताक्षी नगरपालिका–८ झिल झिलेमा वाटर किङडम पार्कको आज

उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिले सम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेश बाट एमालेको एकल बहुमतको सरकार

स्थापित हुने समेत दाबी गरे । उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए । प्रदेश नं १ पर्यटकीय

दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसी को विषय भएको बताए । कोभिड 19 का कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उनले

समय क्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गरे । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उनको परिवारको रु ५० करोड लगानी रहेको छ ।

२०७८ पुष २९, बिहीबार प्रकाशित 0 Minutes 464 Views

ताजा समाचार