२०७९ जेष्ठ ७ शनिबार

माघ ७ देखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने

काठमाडौं ।

आगामी माघ ७ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता

नेपालले रातोपाटीलाई जानकारी दिइन् । विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा जस्तै कार्यालय होटेल सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको छ उनले भनिन् यो माघ ७ गतेदेखि लागू

हुन्छ । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा खिचेर मोबाइलबाटै देखाएपनि हुन्छ । यो निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस भएको उनको भनाइ छ। यो पनि पढ्नुहोस् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्र

रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् । उनले मंगलबार नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट नबनाउन भन्दै निर्देशन दिएका हुन् । दरबारभित्र रेस्टुरेन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । यस नारायणहिटी दरबार संग्रहालय तथा

गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा.लि. बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक

आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि. म्यानेजमेन्टलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

२०७८ पुष २६, सोमबार प्रकाशित 0 Minutes 194 Views

ताजा समाचार