२०७९ जेष्ठ ७ शनिबार

ठुला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने (भाडो)पेशा बनाए : अध्यक्ष लिङ्देन

कैलाली ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् । बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै

अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाएको आरोप लगाएका छन् । उनले राजनीतिकलाई पेशा बनाएकोप्रति आक्रोश पोख्दै कांग्रेस र

कम्युनिष्टविरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताए । ठूला दलले मच्चाएको लुटतन्त्र विरुद्ध राप्रपाले कडा प्रतिबाद गर्ने बताउँदै अध्यक्ष लिङ्देनले त्यसविरुद्ध सडक संघर्षमा जान तयार रहन कार्यकर्तालाई

निर्देशन दिए । राप्रपामा नेतृत्व परिवर्तन भएजसरी जनमतको कदर गरेर सत्ता परिवर्तन गर्ने उनको भनाइ छ । देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट

भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिए । अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आउने बताउँदे उनले कांग्रेस र कम्युनिष्टको विकल्प

खोज्नुपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको औंल्याए । उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे ।

२०७८ पुष २४, शनिबार प्रकाशित 0 Minutes 151 Views

ताजा समाचार