
काठमाडौं ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता
रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् । केपी
ओली लामो समय जेल बस्नुभयो नेता रामाझीले भनेपछि जेलबाट निस्किए पनि मूल नेतृत्वमा रहनुभएन । तर चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ । नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध
आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । काँग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भए पनि आफूहरू ठिक
ठाउँमा रहेको दाबी गरे । सत्तापक्षीय पार्टीको अधिवेशन छ नेता रायमाझीले भने तर चर्चा ओलीकै हुन्छ भनेपछि देश एमालेकै वरिपरि घुमिरहेको छ ।