२०७९ जेष्ठ ७ शनिबार

खाडीमा नेपाली युवा बालुवा माथी १०० डिग्री भन्दा बढी तातोमा पसिना चुहाउँछन् : राप्रपा महामन्त्री

काठमाडौं ।

राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले नेपाली युवाले खाडी मुलुकमा १०० डिग्रीभन्दा तातोमा पसिना बगाउन बाध्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन

गर्दै उनले यस्तो बताएकी हुन् । यो मुलुकका लाखौँ युवाहरु विदेशमा रोजगारीका नाममा खाडी मुलुकमा १०० डिग्री भन्दा बढी तातो भूमिमा आफ्ना पसिना चुहाएर विदेशी भूमिलाई सिञ्चित गरिरहेका

छन् । युवालाई देश बनाउनका लागि अब प्रयोग गर्ने कि नगर्ने भन्ने प्रश्न यहीँ छ । उनले सम्बोधनका क्रममा भनिन् । उनी यतिमा मात्रै चिप्लिइनन् एमालेका महासचिव शंकर पोखरेललाई पनि ईश्वर पोखरेल भनेर सम्बोधन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने,मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ

जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।

२०७८ पुष ११, आईतवार प्रकाशित 0 Minutes 238 Views

ताजा समाचार