२०७९ जेष्ठ ७ शनिबार

एमालेमा प्रतेक दिन पहिरो गइरहेकाे छ, याे थामिँदैन गारो छ : झलनाथ खनाल

काठमाडौं ।

आज बिहीवार काठमाण्डाैमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो । एमाले दक्षिणपन्थी

अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि याे पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो । नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो‘अहिले नेकपा एमाले पनि सग्लो रहेन । अहिले विभिन्न

ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि

त्यो अगाडि बढ्न सक्दैन । नेता खनालले सुखी नेपाली समृद्ध नेपाल को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गर्नुभयो । सुखी नेपाली समृद्ध नेपाल को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

२०७८ पुष ८, बिहीबार प्रकाशित 0 Minutes 312 Views

ताजा समाचार