२०७९ जेष्ठ ७ शनिबार

बधाई नाडाको उपाध्यक्षमा पोखराका मोहनबाबु खड्का निर्वाचित !

पोखरा ।

पोखराका अटोमोबाइल व्यवसायी मोहनबाबु खड्का नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार सम्पन्न पहिलो बैठकबाट

खड्का उपाध्यक्ष निर्वाचित भएका हुन् । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का अध्यक्षसमेत रहेका खड्का यस अगाडिको कार्यकालमा समेत नाडाको कार्यसमितिमा रहेर काम गरेका

थिए । उपाध्यक्षमा विजयी गराउने नाडाका सम्पूर्ण कार्यसमिति सदस्यप्रति आभार व्यक्त गर्दै खड्काले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका

छन् । खड्काले बुधबार नै नाडा अध्यक्ष ध्रुवबहादुर थापा समक्ष पदको सपथ लिएका छन् । यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन

तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा

प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ

मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै

समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।

२०७८ पुष ८, बिहीबार प्रकाशित 0 Minutes 148 Views

ताजा समाचार