२०७९ जेष्ठ ७ शनिबार

गठबन्धन सिध्याउने शर्तमा Mcc अनुमोदन गराउन नेकपा एमाले तयार !

१ पुस काठमाडौं ।

नेकपा एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गराउन सत्ता गठबन्धन भत्काउनुपर्ने शर्त अघि सारेको छ । संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन सहयोग गर्नुपर्ने भन्दै भेट्न गएका कांग्रेस

नेताहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले यो शर्त राखेका हुन् । उनले एमसीसी अनुमोदन गरेलगत्तै चुनावमा जाने वातावण बनाउनुपर्ने बताएका कांग्रेस नेताहरुको भनाइ छ । हामीले संसदबाट एमसीसी अनुमोदन गराउन सहयोग गर्नुस् भनेका थियौं एमाले अध्यक्ष ओलीसित संवादमा रहेका एक कांग्रेस नेताले भने,उहाँले तपाईंहरुले गठबन्धनको

भारी बोकेर नहिँड्नुस्, एमसीसी पास गरौं र चुनावमा जाऔँ भन्नुभएको छ एमसीसी संसदमा पेश त गर्छाैं त्यसपछि के हुन्छ ठेगान छैन । अध्यक्ष ओलीले २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने संकेत गरेका थिए । उनले २०५२ सालमा भएको महाकाली सन्धी पनि राष्ट्रघाती नभएको

जिकिर गरेका थिए । महाकाली सन्धी पनि नेपालको हित विपरीत थिएन राष्ट्रघाती थिएन । राष्ट्रघाती हुन्थ्यो र भारतको हितमात्रै हुन्थ्यो भने त भारतले काम अघि बढाइहाल्थ्यो नि ओलीले बैठकमा भनेका थिए,एमसीसी पनि त्यस्तै हो ।बैठकमा उनले शेरबहादुर देउवाको मुख पश्चिमतिरै फर्किएको भन्दै देउवा जसरी पनि एमसीसी अनुमोदन

गराउने प्रयासमा रहेको बताएका थिए । देउवाजीले संसदमा एमसीसी ल्याउनुभयो भने गठबन्धनका अरु नेताहरु पारित गर्न कसरी मन्जुर हुन्छन् ? बैठकमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने किन गठबन्धन टुट्न नदिन नाकको चालले भए पनि अरु पार्टीका नेताहरु मान्नुपर्‍यो मैले देउवाजीले गठबन्धनको भारी धेरै बोक्नुहुन्छ जस्तो देखेको छैन ।

नेपालका प्रधानमन्त्री र दलहरुले सकरात्मक संकेत गरेकै कारण वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्न थप समय दिएको छ । गत महिना नेपल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीबारे निर्णय गर्न नेपाललाई १४ डिसेम्बर अर्थात् मंसिर २८ गतेसम्मको समय दिएका थिए । एमालेले २३ भदौ २०७८ देखि

संसदमा निरन्तर अवरोध गर्दै आएको छ । अघिल्लो अधिवेशनमा संसदको कुनै पनि काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको अधिवेशनमा पनि अवरोधको नीतिलाई जारी राख्यो । अब एमसीसी अगाडि बढाउँदा संसदको अवरोध एमालेले खुलाउन सक्ने, पक्षमा मतदान गर्न सक्ने कतिपयको आंकलन छ । किनभने एमाले

नेतृत्वको सरकारले नै एमसीसी पास गर्न खोजेको थियो । तर एमाले सचेतक शान्ता चौधरी एमसीसीका लागि भनेर संसदको अवरोध नखुल्ने बताउँछिन् । हामीले एमसीसीको विषयलाई लिएर अवरोध गरेको हो र ? होइन नि त्यसकारण सरकारले एमसीसी अगाडि बढाउन खोज्यो वा बढायो भनेर संसदको अवरोध खुल्छ भन्ने हुँदैन, खुल्दैन ।

२०७८ पुष १, बिहीबार प्रकाशित 0 Minutes 576 Views

ताजा समाचार