२०७९ जेष्ठ ७ शनिबार

विप्लवसहितका ६ कम्युनिष्ट पार्टीको चेतावनी Mcc खारेज नगरे कडा भन्दा कडा आन्दोलन गर्ने

काठमाडौं ।

६ वटा कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले अमेरिकी सहयो परियोजना (एमसीसी) तत्काल फिर्ता नलिए वा खारेज नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लwa

मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका ६ दल र दुई मोर्चाले एमसीसीलाई अमेरिकी सरकारले फिर्ता नलिए र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज नगरे आगामी दिनमा कडा

आन्दोनलको घोषणा गर्ने चेतावनी दिएको छ । मंगलबार नेताहरुको हस्ताक्षरमा जारी विज्ञप्तिमा एमसीसी विरुद्ध मंगलबार दिउँसो भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको छ ।

त्यसक्रममा आफ्ना ७३ जना नेता कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा जनाइएको छ । उनीहरुको तत्काल रिहाइको माग गरिएको छ । आवाज पाटी बाट साभार गरिएको यो पनि पढ्नुहोस् प्रधानमन्त्री

शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गो जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर

फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने,मैले उहाँलाई नेपाल

आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो ।

उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।

२०७८ पुष १, बिहीबार प्रकाशित 1 Minute 3455 Views

ताजा समाचार