
काठमाण्डाै ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार ध्वस्त बनाउने गरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनुभएकाे छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल अमात्य
स्मृति भवनमा आज बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्ताे बताउनुभएकाे हाे । शेयर काराेबारीले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्याे अभिव्यक्ति दिएको अध्यक्ष ओलीको
आरोप छ । शेयर लगानीकर्ता र सामान्य नागरिककाे लगानी जेसुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरू लगातार लागिरहँदा पनि कसैले विरोधसमेत नगरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो‘प्रचण्डले यो शेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी
साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रूप चाँहि लेलिनभन्दा पनि अलि बढी नै जान्ने भएछन्– दुई स्टेप । पुँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने
शेयर बजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धराशायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलब छैन । अर्थतन्त्रको केही पनि
मतलब छैन । कुन शेयर काराेबारीले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने गरी त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गरेकाे भए सडक तात्थे, माइतीघरले पुग्दैन थियो । सञ्चार माध्यममा आगो बल्थ्यो । तर
अहिले शान्त छ, चुपचाप, आराम, आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता बिगार्ने उता बिगार्ने, यता उठाएजस्तो गरिदिने उता भत्काइ दिने । यो खालको सिलसिला
https://fb.watch/9VAlHlcPCL/
चलिराखेको हुनाले । यस्तो बोलिरहनुपरेन । अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र नागरिककाे सेवामा समर्पित भएर लाग्न सचेत गराउनुभयो । उज्यालो बाट साभर गरिएको