२०७९ जेष्ठ ७ शनिबार

पेट्रोल पम्पको चुहावट बन्द गर्नलाई पम्पलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा ( सहि व गलत )

२२ मंसिर काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले अब पेट्रोल पम्पलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने बताएका छन् । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनिकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने अब विस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ यस किसिमको प्रविधि पनि आइसकेको छ । यसले हामी सबैको भलो हुनेछ । अर्थमन्त्री शर्माले

आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई नै प्रतिस्पर्धी बनाउनुपर्ने समेत बताए । उनले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ मन्त्री शर्माले भने

आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ, आजको जमानामा यो सम्भव छैन । उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धिहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने उनको तर्क छ । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताए ।

प्रतिबन्ध सम्भव छैन उनले भने तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ । यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्ने उनले जोड दिए । मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट

गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताए । खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ छ । मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्‍याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी

थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे । उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न सुझाव दिए । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ? उनले प्रश्न गरे । अनलाइन खबर बाट साभर

२०७८ मंसिर २३, बिहीबार प्रकाशित 0 Minutes 139 Views

ताजा समाचार